४० लाख सहित दुई पक्राउ ,यसरी ल्याइएको थियो त्यत्रो रकम

राष्ट्र न्यूज सम्वाददाता
चैत्र २१, २०७४
New Note 2

बारा, २१ चैत । शंकास्पद ४० लाख रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा एक भारतीय नागरिक पनि छन् । जिल्ला प्रहरी कार्यालय बाराको टोलिले नगद सहित भारत मोतिहारीका २२ बर्षे गुडुकुमार शाह कानु र बीरगञ्जका सन्तोष कुमार जैसवाललाई पक्राउ गरेको जनाएको छ।

कानुले शरिरका विभिन्न भागमा बाँधेर तथा मोटरसाईकलमा लुकाएर उक्त रकम ल्याउँदै गरेको अवस्थामा बारा विश्रामपुरबाट बरामद गरेको हो । उनले मोटरसाइकलको सिट मुनि, हेलमेट भित्र र पिडौलामा बाँधेर रकम ल्याएको बताइएको छ ।

गुडु ना. ५४. प १५४५ नम्बरको मोटरसाईकलमा सो रकम बोकेर भारतबाट नेपाल तर्फ आउँदै थिए ।

सो रकम भारत मोतिहारीका सन्तोष कुमार शाहले वीरगञ्जको इनर्वा बस्ने सन्तोष कुमार जैसवाललाई दिन पठाएको भनेपछि जैसवाललाई पनि प्रहरीले पक्रेको हो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives