अर्घाखाँची पोखरा सम्पर्क समाजको तालिम सकियो

राष्ट्र न्यूज सम्वाददाता
चैत्र २२, २०७४
DSC00392

पोखरा, २२ चैत । अर्घाखाँची पोखरा सम्पर्क समाजले पोखरामा आयोजना गरेको पाँच दिने स्मरण शक्ति अभिवृद्वि तालिम बिहीबार सकिएको छ ।

तालिममा तनहुँ, स्याङजा, लमजुङ, म्याग्दी, बाग्लुङ, पर्वत लगायतका जिल्लाका विभिन्न क्षेत्रका दुई सय ४० जना सहभागि थिए ।

तालिममा संसारकै तेज स्मरण शक्ति भएर गिनिज बुक अफ वल्र्डमा नाम लेखाउन सफल युवा अर्पण शर्माले सहजीकरण गरेका थिए ।

समापन कार्यक्रममा उनले इच्छाशक्ति सबैभन्दा ठूलो शक्ति भएकोभन्दै असम्भव केहि नभएको बताए ।

कार्यक्रममा आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देल, कार्यक्रम संयोजक राजकुमार सुनार, सहभागिको तर्फबाट सरोज यादवले बोलेका थिए ।

अर्घाखाँची पोखरा सम्पर्क समाजका अध्यक्ष कृष्णप्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष चेतनारायण पाण्डेले स्वागत र महासचिव लिलबहादुर जिसिले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives