फेवातालमा डुबेर युवकको मुत्यु

राष्ट्र न्यूज सम्वाददाता
चैत्र २२, २०७४
1200px-Phewa_lake,_Pokhara

पोखरा, २२ चैत ।  पोखराको फेवातालमा डुब्दा तनहुँ दुलेगौडा घर भएका ३१ बर्षिय राजु गुरुङको मृत्यु भएको छ ।

बिहीबार दिउँसो तालबराही मन्दिर घुम्ने क्रममा डुङ्गाबाट खसेर उनको मृत्यु भएको प्रहरीको भनाइ छ।

तालमा खसेपछि उनलाई डुङ्गा व्यवसायी पुकार गुरुङले पौडीएर निकालेका थिए ।

उद्वारपछि उपचारका लागि मेट्रो सिटि अस्पतालमा लगिएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । डुङ्गामा सात जना सवार थिए । उनी परिवारसँग पोखरा घुम्न आएका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives