अष्ट्रेलिया जान चाहनेका लागि एक्स्पर्टको ग्राण्ड सेमिनार, के के हुन्छ पढौं ?

राष्ट्र न्यूज सम्वाददाता
चैत्र २३, २०७४
20180406_150312

पोखरा, २३ चैत । पोखरा लेखनाथ महानगरपालिका सिद्वार्थ चोकस्थित एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस पोखरा शाखाले ग्राण्ड अष्टे«लियन एजुकेशन सेमिनार गर्ने भएको छ ।

अष्टे«लियामा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थी लक्षित गरी चैत २५ गते आइतबार सेमिनार गर्न लागेको पोखरा शाखा कार्यालयका प्रबन्ध निर्देशक रमेशकुमार थापाले जानकारी दिए ।

सेमिनारमा एक्स्पर्टका चेयर मेन बद्री अर्याल र ब्रिज बेन स्थित कार्यालयका प्रबन्धक होम पौडेल अरुणले सहजीकरण गर्ने छन् ।

अष्ट्रेलियाका ख्यातीप्राप्त विभिन्न ८ वटा शैक्षिक संस्थाका प्रतिनिधिहरुको उपस्थितीमा विद्यार्थी तथा अभिभावकहरुले अष्टे«लियाका शैक्षिक संस्थाको गुणस्तर, खर्च, भिसा पोलिसी, अंगे्रजी भाषाको दक्षता सम्बन्धी जिज्ञासा राख्न पाउने मार्केटिङ हेड विष्णु गौतमले बताए ।

सन् २००३ मा अष्टे«लियाको सिड्नीमा प्रधान कार्यालयको स्थापना गरी नेपाल र विश्वका विभिन्न मुलुकहरुमा आफ्नो शाखा विस्तार गरिसकेको छ ।

एक्स्पर्टको हालसम्म २८ वटा शाखा कार्यालयबाट अष्टे«लियाका लागि विद्यार्थीहरुलाई निःशुल्क परामर्शसँगै भिसा प्रोसेसिङको लागि सेवा दिँदै आएको छ ।नेपालका शाखाबाट हालसम्म ३० हजार भन्दा बढी विद्यार्थीलाई अष्टे«लियामा उच्च शिक्षाका लागि सेवा प्रदान गरिसकेको छ ।

पोखरा शाखाका प्रवन्ध निर्देशक थापाका अनुसार, अहिलेसम्म भिसा प्रोसेसिङ शत् प्रतिशत सफल छ ।

उनले एक्सपर्टले व्यवसायीक गतिविधि मात्र नभएर सामाजिक काम पनि गरिरहेको उल्लेख गरे ।

–––

Related News

सम्बन्धित समाचार

Archives

Archives