पत्रकार बराललाई मातृशोक, प्रेस युनियन कास्कीद्वारा शोक व्यक्त

राष्ट्र न्यूज सम्वाददाता
चैत्र २५, २०७४
30415092_1867435956641353_6385247836890196050_n

पोखरा, २५ चैत। नेपाल प्रेस युनियन कास्कीका सल्लाहकार तथा पोखराका अग्रज पत्रकार हेमराज बराल र कास्कीका सदस्य नवीन बराललाई मातृशोक परेको छ।

बरालकी आमा दिलमाया बरालको काठमाण्डौ ग्राण्डी हस्पिटलमा उपचारको क्रममा आइतबार बिहान निधन भएको हो ।

बरालका श्रीमान् , चार छोरा र तीन छोरी छन्। बरालको आइतबार नै पोखराको तुल्सिघाटमा दाहसंस्कार गरिएको छ ।

शवयात्रामा राजनीतिक दल, संघ संस्थाका प्रतिनिधि, शुभेच्छुक, आफन्त र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

यसैबीच नेपाल प्रेस युनियन कास्कीले आइतबार नै एक शोक विज्ञप्ति प्रकाशित गरि नेपाल प्रेस युनियन कास्कीका सल्लाहकार हेमराज बराल र सदस्य नवीन बरालकी आमाको निधनप्रति दुःख व्यक्त गरेको छ ।

कास्कीका सचिव प्रकाशचन्द्र सापकोटाद्धारा जारी विज्ञप्तिमा स्वर्गीय बरालप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन प्रति समवेदना व्यक्त गरिएको छ।

Related News

सम्बन्धित समाचार

Archives

Archives