पोखराको एयरपोर्टमा माइक्रो ठक्करले मोटरसाइकलमा सवार १ को घटनास्थलमै मृत्यु, १ घाइते

राष्ट्र न्यूज सम्वाददाता
चैत्र २७, २०७४
accident-600×0-11072017101555-1000×0-19112017013237-600×0

पोखरा, २७ चैत । पोखराको एयरपोर्टमा माइक्रो बसको ठक्करले मोटरसाइकलमा सवार १ जनाको मृत्यु भएको छ । दुर्घटनामा चालक घाइते छन् ।

बिरौटाबाट पृथ्वीचोकतर्फ जाँदै गरेको ग ९ प २१९१ नम्बरको पल्सर मोटरसाइकलाई विपरीत दिशाबाट आएको ग १ प ३८७७ नम्बरको माइक्रोबसले बिहान करिब साढे ९ बजे ठक्कर दिएको हो ।

ठक्करबाट मोटरसाइकलको पछाडि बसेका स्याङ्जा जिल्ला घर भई हाल कास्की पोखरा १७, ड्यामसाइड बस्ने वर्ष २२ का शोभाकान्त पनेरुको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक कास्की जिल्ला पोखरा लेखनाथ महानगरपालिका वडा २१ बस्ने वर्ष २४ का सन्दीप पौडेल सख्त घाइते छन् । घाइतेको गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ।

दुर्घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । एयरपोर्ट अगाडि जनप्रिय क्याम्पस जाने मोडमा सो दुर्घटना भएको हो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives