भिरबाट लडेर एकको मृत्यु, एक घाइते

राष्ट्र न्यूज सम्वाददाता
चैत्र २७, २०७४
590620334

पोखरा, २७ चैत । भिरबाट लडेर कास्कीमा एकको मृत्यु भएको छ भने लमजुङमा एक जना घाइते भएका छन् ।

भिरबाट लडेर कास्कीको पोखरा लेखनाथ महानगरपालिका वडा नं ३२ बस्ने ४५ वर्षिया पुतली सार्कीको मृत्यु भएको हो ।

सोमबार बेलुकादेखि हराएकोमा मङ्गलबार खोज्दै जाने क्रममा घर नजिकैको खोंचमा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।

सार्की घर नजिकैको भिरबाट झण्डै एक सय ५० मिटर तल खोँचमा खसेको प्रहरीको भनाइ छ ।

उता लमजुङको दोर्दी गाउँपालिका वडा न. २ अलैचे बस्ने वर्ष ३५ वर्षिया सिर्जना कुँवर भिरबाट खसेर घाइते भएकी छन् ।
केरावारीको जंगलमा घाँस काट्ने क्रममा भिरबाट एक सय मिटर तल खसेकी थिइन् ।

घाइते अवस्थामा उद्वार गरी उपचारार्थ सामुदायिक अस्पताल बेशिसहर लगिएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives