लायन्स आदर्श चौतारीमा नयाँ समिति

राष्ट्र न्यूज सम्वाददाता
चैत्र २९, २०७४
30624246_10211315919923894_4044132504309858304_n

पोखरा, २९ चैत । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले लायन वर्ष २०१८÷२०१९ का लागि चन्द्रेश्वर बस्ताकोटीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको प्रथम उपाध्यक्षमा भरतराज शर्मा, द्वितिय उपाध्यक्षमा नारायणबहादुर थापा, तृतिय उपाध्यक्षमा शिव नेपाली, सचिवमा बसन्तराज कोइराला, कोषाध्यक्षमा मोहनराज पौडेल छन् ।

त्यस्तै, एमएमसीमा भगवान श्रेष्ठ, रिपोर्टीङमा राजन भण्डारी, पिआरओमा सन्तोष सिग्देल, टेमरमा पोषणराज खनाल, सहसचिवमा रुपबहादुर गुरुङ, सहकोषाध्यक्षमा संजिव बास्तोला, टेलट्विष्टरमा संजय शर्मा, डाइरेक्टरमा दिपकराज घिमिरे, सञ्जय थापा, दिपक गुरुङ, अशोक केसी र रमेश क्षेत्री छन्।

क्लबका निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारीको संयोजकत्वमा गठित निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो ।

निर्वाचित पदाधिकारी एवं सदस्यहरुमा रिजन चेयर पर्सन बालाकृष्ण शर्मा, जोन चेयर पर्सन तेजबहादुर भट्टराई, एक्सिटेन्स चेयर पर्सन राजु श्रेष्ठ, क्लवका अध्यक्ष दयाशंकर गौतम र संस्थापक अध्यक्ष बासु कोइरालाले माला लगाइदिएर बधाइ दिएका थिए ।

कार्यक्रम लायन्स क्लब अफ पोखरा आदर्श चौतारीका अध्यक्ष दयाशंकर गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो भने सचिव शिव नेपालीले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives