न्युजील्याण्डमा नयाँ वर्षको शुभकामना आदानप्रदान

राष्ट्र न्यूज सम्वाददाता
वैशाख २, २०७५
30716259_1250552705077262_6838366071636885504_n

पोखरा, २ बैशाख । नेपाली समाज वेलइंगटनको आयोजनामा न्युजील्यान्डको राजधानी वेलइंगटनमा नयाँ बर्ष – २०७५ को शुभकामना आदान प्रदान गरिएको छ ।

नेपाली साँस्कृतिक कार्यक्रम सहित शुभकामना आदानप्रदान गरिएको सदस्य नवजीव ढुंगानाले जानकारी दिए । नेपाली नयाँ वर्षको प्रचारसँगै नेपालीबीच एकता र सद्भाव विकास गर्ने उदेश्यले कार्यक्रम गरिएको हो ।

कार्यक्रममा दुई सय भन्दा बढी नेपाली , न्युजील्यान्डका उच्च पदस्थ व्यत्तित्व र विदेशी सहभागि थिए ।

कार्यक्रमका प्रमुख अतिथि हट सिटीका मेयर रे वाल्लसले नेपालीहरुले न्युजील्यान्डको विकासमा सहयोग गरेकोमा खुशी व्यक्त गरे ।

त्यसअवसरमा समाजलाई सहयोग गर्नेलाई सम्मान र खेलकुद प्रतियोगिताका बिजेतालाई पुरस्कृत गरिएको थियो ।

नेपाली समाज वेलइंगटनका अध्यक्ष त्रिभुवन श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रम सदस्य नवजीव ढुंगानाले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives