निर्माण व्यवसायीको रक्तदान

राष्ट्र न्यूज सम्वाददाता
वैशाख ५, २०७५
nirmad samitee

पोखरा, ६ वैशाख । ‘रक्तदान – जीवनदान’ भन्ने मूल नाराका साथ निर्माण व्यवसायी समिति पोखराले पोखरामा बुधबार रक्तदान गरेको छ ।

कार्यक्रममा ४० जनाले रक्तदान गरेका थिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. बुद्विबहादुर थापाले पहिलो रक्तदाता बुद्वि परियारलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए ।

कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा. बुद्विबहादुर थापा, निर्माण व्यवसायी समितिका सल्लाहाकार भिमबहादुर शाहीले बोेलेका थिए ।

निर्माण व्यवसायी समितिका अध्यक्ष अर्जुन थापाको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष नारायण गुरुङले स्वागत र सचिव नवराज बस्नेतले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives