बढी भाडा लिने १७ ट्याक्सी चालकलाई कार्वाही

राष्ट्र न्यूज सम्वाददाता
वैशाख ६, २०७५
public-transportation

पोखरा, ७ वैशाख । कास्की प्रहरीले पोखरामा ट्याक्सीहरुको चेकजाँचको क्रममा मिटरमा तोकिएको भन्दा बढी भाडा लिने १७ ट्याक्सी चालकलाई कार्वाही गरेको छ ।

बढी भाडा लिई तथा मिटरमा जान नमान्नी यात्रु ठगी गरेको भन्ने गुनासोका आधारमा स्विप अप्रेशनको क्रममा ट्याक्सी मिटरमा नै जान नमान्ने तथा तोकिएको भाडा दर भन्दा बढी भाडालिएको पाईएकोले कार्वाही गरेको प्रहरीले जानकारी दिएको छ ।

१७ बटा ट्याक्सीलाई नियन्त्रणमा लिई सवारी तथा यातायात व्यवस्था ऐन अनुसार कारबाहीका लागि यातायात व्यवस्था कार्यालय गण्डकीमा आवस्यक कार्वाहीको लागि पठाईएको जनाएको छ ।

त्यसै गरी स्वीप अप्रेशन बुधबार कास्की जिल्ला स्थित पोखरालेखनाथ महानगरपालिका तथा आसपासका ईलाकाहरु प्रहरी टोलि परिचालन गरी १०८ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनीहरु माथि थप अनुसन्धान भईरहेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives