पोखरा, ८ वैशाख । नेपाली काँंग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको निरंकुशता विरुद्ध लड्नका लागि तयार हुन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
सरकार निरंकुशताको बाटोमा अगाडि बढेकोभन्दै उनले कार्यकर्तालाई त्यस्तो निर्देशन दिएका हुन् । नेपाली काँग्रेस काठमाडौको जिल्ला भेलाको शनिवार उद्घाटनगर्दै नेपाली काँग्रेसलाइ कम नआँक्न चेतावनी समेत दिए ।
संसदमा काँग्रेस दोस्रो भएपनि जिम्मेवारीको दृष्टिकोणले काँग्रेस पहिलो पार्टी भएको भन्दै उनले त्यस्तो चेतावनी दिएका हुन् ।
उनले काँग्रेसले मुलुकका लागि गरेको योगदानप्रति गर्वगर्दै उच्च मनोबलका साथ अघि बढ्न कार्यकर्तालाई निर्देशन दिए ।
संविधान च्यात्ने, बहिस्कार गर्ने र मधेस आन्दोलनका सबै शक्तिलाई काँग्रेसले चुनावमा ल्याएको स्मरण गर्दै उनले मुलुकलाई निकास दिने कार्यमा काँग्रेसको महत्वपूर्ण भुमिका रहेको उल्लेख गरे ।
कार्यक्रममा काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सवै मिलेर पार्टीलाई अघि बढाउनुपर्ने आवश्यकता औल्याए ।
जिल्ला भेलामा पार्टीका अगुवा नेता तथा कार्यकर्ता सहभागि थिए । भेलाले पार्टीकोे भावी कार्यदिशाका लागि महत्वपूर्ण सुझाव दिने बताइएको छ ।
Related News
सम्बन्धित समाचार
पोखराका केहीस्थानमा टेलिफोन सेवा अवरुद्व हुने
नेशनल क्रियशनमा शैक्षिक पुरस्कार वितरण
पोखरा १४ का केही स्थानमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्व
रोजगारी उपलब्ध गराउन पोखरा १३ मा जब फेयर
डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन गण्डकी प्रदेश संयोजकमा पाण्डे
Archives
Archives