डाबाको रक्तदान

राष्ट्र न्यूज सम्वाददाता
वैशाख ९, २०७५
31117402_1972671703060567_1029582086954024960_n

पोखरा, ९ वैशाख । नयाँ बर्ष – २०७५ को अवसरमा डु एगेन्सट ब्याड एक्सन (डाबा) क्लब पोखराले आइतबार रक्तदान कार्यक्रम गरेको छ ।

नेपाल रेडक्रस सोसाईटी पोखराको सहकार्यमा पोखरा बिरौटामा आयोजित कार्यक्रममा २२ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक स्वस्तिक सुवेदीले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि क्षेत्रीय रक्त सञ्चार केन्द्र पोखराका बरिष्ठ प्राविधिक अधिकृत अर्जुन ज्ञवालीले पहिलो रत्तदाता होम रानालाई ब्लड व्याग हस्तान्तरण गरी उद्घाटन गरेका थिए ।

डाबा क्लबका अध्यक्ष विकास भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य बिराज श्रेष्ठले स्वागत र कार्यक्रम संयोजक स्वस्तिक सुवेदीले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives