६ दिनदेखि सम्पर्क विहिन भएपछि परिवार चिन्तामा

राष्ट्र न्यूज सम्वाददाता
वैशाख ११, २०७५
Balkumari-sita-1-696×378

पोखरा, ११ वैशाख । पोखरा- १४ भेडीफारामकी बालकुमारी गिरी (सीता) ६ दिनदेखि परिवारबाट सम्पर्क विहिन छिन् । दिन बित्दै जाँदा समेत उनको पत्तो नलागेपछि परिवार चिन्तामा डुबेका छन् ।

४८ वर्षीया गिरी गत वैशाख ६ गते विहीबार दिउँसो घर नजिकै गलेश्वरचोकबाट महेन्द्रपुल जाने भन्दै गाडी चढेको परिवारले जनाएको छ । त्यसपछि उनी फर्किनन् । श्रीमान् गोपाल गिरी, छोराहरु भोलिपल्टैदेखि खोजीकार्यमा जुटेका छन् ।

गिरी अध्यात्मिक स्वभावकी रहेको र परिवारमा कुनै मनमुटाव नरहकाले ज्यान फाल्ने जस्तो नराम्रो गरेकी छैनन् भन्ने परिवारको ठम्याई छ । तर पनि सेती खोँचहरुमा प्रहरीको रेस्क्यु टीम सहित खोजी कार्य अघि बढाएका छन् । धार्मिक गतिविधिमा असाध्यै लागिपर्ने गिरी भगवानको ध्यान गर्ने, पूजा गर्ने गर्थिन् ।

‘ठूलो छोरा बेलायतमा, कान्छो छोरा पोखरामै व्यवसायी छन् । बुहारी इञ्जिनियर । परिवारमा कुनै अभाव, मनमुटाव छैन ।’ – आफन्त किसन गिरीले भने- ‘नराम्रो भयो, गर्नुभयो भन्ने हामीलाई लाग्दैन । धार्मिक स्वभावका भएकाले कतै धाम तिर पो जानुभयो कि ?’

श्रीमान् गोपाल गिरी पनि मिडियामा आउन नचाहेको बताए । पक्कै नराम्रो त भएको छैन अब तीर्थ धाम तिर खोज्नेछौं । उनले भने । गिरीले घरमा पत्र समेत छाडेर गएकी छिन् । उनले आफूलाई नखोज्न र आफ्नो चिन्ता नलिन आग्रह गरेको पारिवारीक श्रोतले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives