गुरुङ परिवारद्वारा उमा माविलाई आर्थिक सहयोग

राष्ट्र न्यूज सम्वाददाता
वैशाख १६, २०७५
31369682_393112464502562_6358985178089521152_n

निर्मला पौडेल
पोखरा, १६ वैशाख । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ स्थित उमा माविलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
दाङसिङ घर भई हाल पोखरा लेखनाथ महानगरपालिका वडा नं १० निवासी भिम गुरुङ, उनकी श्रीमती प्रेमकुमारी गुरुङ, छोराहरु हङकङ – दाङसिङ समाजका अध्यक्ष श्याम गुरुङ र विष्णु गुरुङले विद्यालयलाई सहयोग गरेका हुन्।

गुरुङ परिवारले विद्यालयको भवनका लागि ७० हजार र अक्षयकोषका लागि एक लाख आर्थिक सहयोग प्रदान गरेका थिए।

विद्यालयमा आयोजित कार्यक्रमबीच गुरुङ परिवारले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज गुरुङ र विद्यालयका प्रधानाध्यापक बुद्वि गुरुङलाई आर्थिक सहयोग हस्तान्तरण गरेका थिए । भिम विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष हुन् भने श्याम र विष्णु पूर्व विद्यार्थी हुन्।

आफु पढेको विद्यालय र दाङसिङ गाउँको विकासका लागि सहयोग जारी रहने छ हङकङ – दाङसिङ समाजका अध्यक्ष श्याम गुरुङले भने – ‘यसअघि पनि विभिन्न समयमा सहयोग गर्दै आएको थिए।’

विद्यालयको आठ कोठे भवन निर्माणाधिन अवस्थामा छ । व्यवस्थापन समितिका अध्यक्ष मनोज गुरुङले भने – ‘जेठ महिनाभित्र नै नवनिर्मित भवन उद्घाटन गर्ने तयारीमा छौं।’

यसबीच, हङकङ – दाङसिङ समाजका अध्यक्ष गुरुङले विद्यालयलाई स्टेशनरी तथा खेलकुद सामाग्री र बाहाकोट युवा क्लबलाई भलिबल प्रदान गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives