आंशिक शिक्षकलाई प्रजातन्त्रवादी प्राध्यापक सङ्घको साथ

राष्ट्र न्यूज सम्वाददाता
वैशाख १९, २०७५
nabin dai logo

पोखरा, १९ वैशाख । प्रजातन्त्रवादी प्राध्यापक सङ्घ पृथ्वीनारायण क्याम्पस इकाइ समितिले आंशिक शिक्षकहरुले शुरु गरेको आन्दोलनप्रति ऐक्यवद्वता जनाएको छ ।

आंशिक शिक्षकलाई करारमा लैजाने निर्णयबाट वर्तमान सरकार पछि हटेकोभन्दै शिक्षकहरु आइतबारदेखि आन्दोलनमा उत्रेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले आंशिक शिक्षकलाई करारमा लैजाने निर्णय गरेपनि वर्तमान सरकार कार्यन्वयन गर्नबाट पछि हटेको विरोधमा शिक्षकहरु आन्दोलित भएका हुन्। त्रिविवि अन्तर्गतका आंगिक क्याम्पसहरुमा शिक्षकहरुले आन्दोलन गरिरहेका छन्।

इकाइ समितिका अध्यक्ष दिपेन्द्र पराजुली र सचिव बोधराज ढकालद्वारा बुधबार प्रकाशित विज्ञप्तिमा आंशिक शिक्षकलाई करारमा नलगिए बाध्य भएर आन्दोलनमा उत्रनु पर्ने चेतावनी दिएको छ ।

आफुलाई जनउत्तरदायी मान्ने वर्तमान सरकार गैरजिम्मेवार बनेर आंशिकलाई करारमा लैजाने निर्णय कार्यन्वयनबाट पछि हट्नु अत्यन्तै दुर्भाग्यपूर्ण, लज्जास्पद र खेदजनक छ विज्ञप्तिमा उल्लेख छ ।

साथै विज्ञप्तिमा त्रिविवि प्रशासनले सरकारको गैरजिम्मेवारीलाई टुलुटुलु हेरेर बसेकोभन्दै असहमति जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives