करेन्ट लागेर मृत्यु

राष्ट्र न्यूज सम्वाददाता
वैशाख २०, २०७५
About-Electric-Current

पोखरा, २० वैशाख । करेन्ट लागेर बिहीबार स्याङ्जामा एक जनाको मृत्यु भएको छ ।

स्याङ्जाको हरिनाश गाउँपालिका – १ खैरिकोट बस्ने ६५ वर्षिय टुकबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दाउरा काट्ने क्रममा भुईमा लत्रेको विद्युतको तार छोएपछि उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेपछि उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

घटनाका बारेमा आवश्यक अनुसन्धान भैरहेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives