अरण्यज्योतिको जित

राष्ट्र न्यूज सम्वाददाता
वैशाख २५, २०७५
man of the match(3)

पोखरा, वैशाख २५। कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशालामा ओम डेभलपमेन्ट बैंक के.सि.एल जारी रहेको छ ।

मंगलबार भएको खेलमा अरण्यज्योतिले माछापच्छे« क्रिकेट क्लबलाई दुई विकेटले पराजित गरेको छ ।

टस जितेर व्याटिङ रोजेको माछापुच्छ«े क्रिकेट क्लबले १९.४ ओभरमा ६४ रनको स्कोर तयार गर्यो । दिपेश खत्री तथा महेश रेग्मीले समान १२—१२ रनको बनाए ।

अन्य व्याट्सम्यानले भने प्रभावकारी प्रदर्शन गर्नबाट चुके । बलिङ तर्फ अब्दुल खालिदले ३ विकेट र सन्तोष न्यौपानले ३ विकेट लिएका थिए ।

जवाफी व्याटिङ गरेको अरण्यज्योतिले २९.४ ओभरमा आठ विकेटको क्षतिमा जित निकाल्यो । हरि चौहानले १५ र कमल थापाले सम्हालिदैं व्याटिङ गरेर १२ रन जोडेपछि जितको आधार बनेको थियो । अन्य व्याट्सम्यान पनि सस्तै पेभिलियनको बाटो समाए ।

राजु गुरुङले सर्वाधिक ५ विकेट लिए । खेलमा अरण्यज्योतिका खालिद पोखरा राईनोज म्यान अफ दि म्याच घोषित भए । उनलाई कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले ट्रफी प्रदान गरे ।

राउण्ड रोविनको आधारमा खेलाईएको खेलमा सांग्रिाल क्रिकेट क्लबले बुधबार पोखरा क्रिकेट क्लबसँग खेल्ने छ ।

संग्रिला, अरण्यज्योति र माछापुच्छ«े क्रिकेट क्लबको समान २—२ अंक छ । तर नेट रनरेटको आधारमा सांग्रिला क्रिकेट क्लबको लिगको शीर्षस्थानमा छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives