फेवाताल संरक्षणमा चासो

राष्ट्र न्यूज सम्वाददाता
वैशाख २७, २०७५
31960796_1933198216714545_4098374492399599616_n

पोखरा, २६ बैशाख । पोखराको पर्यटकिय गन्तव्य फेवातालको संरक्षणमा सरोकारवालहरुले चासो दिएका छन् ।

कार्यक्रममा बोल्ने वक्ताहरुले पोखराको पर्यटन प्रर्वद्धनको लागि फेवातालको संरक्षण अनिवार्य रहेको बताए ।

लायन्स क्लव अफ पोखरा ग्रिन सिटीले फेवाताल संरक्षण तथा सरसफाई सम्वन्धी परिसम्वाद कार्यक्रम गरेको हो । फेवातालको विचमा डुङ्गामा सो कार्यक्रम भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि उद्योग, पर्यटन तथा वन वातावरण मन्त्री विकास लम्सालले फेवाताल संरक्षणमा सरकारले चासो दिने बताए । यस सगै पर्यटकिय गन्तव्य पहिचान गरी संरक्षण गर्नेमा उनले जोड दिए ।

२०२२ मा २५ लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य रहेको र यसको प्रचार प्रसारको लागि देश तथा विदेशमा विभिन्न कार्यक्रम गर्ने जानकारी दिए । नेपाल तथा पोखरा आउने पर्यटकको तथ्याङ पनि संस्था अनुसार फरक पाईने गरेको छ, उनले भने – ‘यसलाई व्यवस्थित गर्न हामी लाग्नेछौ।’

लायन्स क्लव का मल्टिपल काउन्सिल चियरपर्सन बालकृष्ण बुर्लाकोटीले प्राकृतिक स्रोतको संरक्षण गर्नु सवैको दायित्व रहेको बताए ।

लायन्स क्लव ईन्टरनेशनल डिष्ट्रिक ३२१ बि १ नेपालका गर्भनर धनराज आचार्यले लायन्सले शिक्षा, स्वास्थ र पर्यावरणको क्षेत्रमा काम गर्दै आएको उल्लेख गरे ।

कार्यक्रममा प्राध्यापक कृष्ण के.सीले फेवातालको इतिहास तथा हालको अवस्थाको वारेमा जानकारी गराएका थिए । ताल फोहर भएको तथा पुरिदै गएकोमा उनले चिन्ता व्यक्त गरे । अहिलेकै अवस्थामा रहने हो भने अवको १ सय ५० बर्षमा फेवाताल हराउनेछ, उनले भने ।

त्यसै गरी प्राध्यापक डाक्टर भरतराज पहारीले ताल तथा यस आसपासको क्षेत्रलाई धार्मिक रुपमा जोडे ।

कार्यक्रममा २०३५ सालदेखी निरन्तरण डुङ्गा चलाउदै आएका व्यवसायी ७७ बर्षिय राम बहादुर थापाले आफ्नो अनुभव सुनाएका थिए । कार्यक्रममा पढाऔ अभियालाई सफल पार्नको लागि ८ लाख रुपैया बरावरको चेक पनि हस्तान्तरण गरिएको छ ।

कार्यक्रम क्लवका अध्यक्ष वैकुण्ठप्रसाद पौडेलको अध्यक्षतामा भएको हो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives