ज्योतिष तथा वास्तु सम्मेलन हुदै

राष्ट्र न्यूज सम्वाददाता
वैशाख २७, २०७५
kamal 1

पोखरा, २७ वैशाख । पोखरामा चौथो दक्षिण एशियाली ज्योतिष तथा वास्तु सम्मेलन हुने भएको छ ।

दक्षिण एशियाली ज्योतिष महासंघको आयोजनामा जेठ १२ र १३ गते सम्मेलन हुन लागेको हो ।

सम्मेलनमा नेपाल सहित दक्षिण एशियाका १० राष्ट्रका चार सय ५० जना ज्योतिषि एवं वास्तुविद्को सहभागिता रहने छ । सम्मेलनलाई लक्षित गरी पोखरामा बिहीबार तयारी बैठक भएको छ ।

बैठकमा विश्व ज्योतिष महासंघका अध्यक्ष डा. लोकराज पौडेल, नेपाल ज्योतिष परिषद्की उपाध्यक्ष प्रेमकुमारी गुरुङ, उपमहासचिव हिरा काश्यप शास्त्री, प्रदेश नम्बर ४ का अध्यक्ष रामप्रसाद कोइराला, महासचिव कमल पौडेल, कास्की अध्यक्ष बासुदेव सुवेदीले सम्मेलनलाई भव्य र सभ्य बनाउने गरी तयारीमा जुट्ने बताएका थिए ।

बैठक दक्षिण एशियाली ज्योतिष महासंघका अध्यक्ष डा. सहदेव बिष्टको अध्यक्षतामा भएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives