पोखराका युवाको सवारी दुर्घटनामा परी पोर्चुगलमा मृत्यु

राष्ट्र न्यूज सम्वाददाता
वैशाख २८, २०७५
Late sujat Bahadur Karki

पोखरा, २८ वैशाख । पोखरा लेखनाथ महानगरपालिका वडा नं १५ रामबजारका २९ वर्षिय सजतबहादुर कार्कीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।

पोर्चुगलको लिस्वोन शहरमा मङ्गलबार भएको सवारी दुर्घटनामा उनको मृत्यु भएको हो । घरबाट कार्यालय जाने क्रममा दुर्घटना भएको थियो ।

उनी विगत चार वर्षदेखि लिस्वोन शहरमा बस्दै आएका थिए । अध्ययनका लागि पोर्चुगल गएका उनी अध्ययनपछि रोजगारी गर्दै आएका थिए । उनी सहयोगी र मिलनशार थिए ।

उनको हिन्दु संस्कार अनुसार लिस्वोनमा नै दाहासंस्कार गरिएको गैर आवासिय नेपाली संघ पोर्चुगलले जनाएको छ ।

शव यात्रामा पोर्चुगलस्थित संघ संस्थाका प्रतिनिधि, आफन्त, शुभेच्छुक र नेपाली दुतावासका प्रतिनिधि सहभागी थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives