नाटक ‘बितेका कुरा’ मञ्चन हुँदै

राष्ट्र न्यूज सम्वाददाता
जेठ २, २०७५
pkr biteka kura 4

पोखरा, २ जेठ । गैह्रापाटनमा रहेको पोखरा थिएटरको गन्र्धव नाटकघरमा जेठ ३ गते बिहिबारबाट नाटक ‘बितेका कुरा’ मञ्चन हुँदैछ ।

पोखरा थिएटरको दोस्रो प्रस्तुतीको रुपमा यो नाटक मञ्चन हुन लागेको हो । पोखरा थिएटरको पहिलो प्रस्तुतीमा नाटक सिरुमारानी मञ्चन भएको थियो । पहिलो नाटकमा जस्तै दर्शकको माया पाउने थिएटरको अपेक्षा छ ।

नाटकमा पुराना रंगकर्मी प्रकट पंगेनी शिव सहित दिलप्रसाद गुरुङ, धुर्व पौडेल, बबिता मल्ल ठकुरी, प्रसुना भण्डारी, सम्झना सिर्पाली, शरद भण्डारी, सुर्य सुवेदी, रोशन ज्ञवाली, सौरभ तिमिल्सिना, सिम्रन पौडेलले अभिनय गर्दैछन् । एक घण्टा लामो नाटक जेठ १९ गतेसम्म मञ्चन हुनेछ ।

सोमबार बाहेक हरेक दिन साँझ ५ बजे नाटक मञ्चन हुनेछ । शनिबार दिउँसो १ बजे अतिरिक्त सो समेत हुनेछ ।
रुपनारायण सिँहले लेखेको यो नाटक पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले निर्देशन गर्दैछन् ।

नाटकको परिकल्पना समेत कार्कीले गरेका हुन् । नाटक हेर्न सर्वसाधरणका लागि तीन सय तथा पाँच सय रुपैयाँको टिकट काट्नुपर्नेहुन्छ । विद्यार्थीको हकमा भने एक सय रुपैयाँको टिकट काट्नुपर्ने हुन्छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives