पोखरामा रगत कमी भएपछि आकस्मिक रक्तदान

राष्ट्र न्यूज सम्वाददाता
जेठ ११, २०७५
DSC00737

पोखरा, १० वैशाख । पोखरामा रगतको कमी भएपछि बिहीबार आकस्मिक रक्तदान गरिएको छ ।

विभिन्न तीन वटा संस्थाले पोखराको बेग्लैबेग्लै स्थानमा आयोजना गरेको रक्तदानबाट एक सय ८३ युनिट रगत संकलन भएको छ ।

पोखराको रक्त संचार केन्द्रमा रगतको कमी भएपछि आकस्मिक रक्तदानका लागि आव्हान गरिएको हो केन्द्रका प्राविधिक महेन्द्र केसीले भने – ‘एक÷दुई दिन रक्तदान कार्यक्रम गरी रगत संकलन नगरेको भए अभाव नै हुने अवस्था थियो।’ पोखराका दैनिक ६० देखि ७० युनिट रगत आवश्यक पर्ने उनको भनाइ छ ।

नेपाल रेडक्रस सोसाईटी उपशाखा पोखरा – १२ ले बिहीबार पोखराको हस्पिटलचोकमा गरेको रक्तदानमा ९६ युनिट रगत संकलन भएको थियो ।

त्यस्तै, लियो क्लब अफ पोखरा पिस चौतारीले पार्कल्याण्ड हस्पिटलको सहयोगमा पोखराको अमरसिंहचोकमा आयोजना गरेको रक्तदानमा ६० युनिट र तीन गाउँले थकाली समाजले पोखराको पृथ्वीचोकमा गरेको रक्तदानमा २७ युनिट रगत संकलन भएको छ ।

नेपाल रेडक्रस सोसाईटी उपशाखा पोखरा – १२ ले गरेको रक्तदान सोसाईटीका जिल्ला उपसभापति कृष्ण तिमिल्सिनाले पहिलो रक्तदाता विन्दुराज घिमिरेलाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गरेका थिए ।

कार्यक्रममा उपसभापति तिमिल्सिना, कोषाध्यक्ष सुरेन्द्र गुरुङ, आजिवन सदस्य पुरन श्रेष्ठ, रक्त संचार केन्द्रका अधिकृत अर्जुन ज्ञवाली लगायतले बोलेका थिए ।

नेपाल रेडक्रस सोसाईटी उपशाखा पोखरा – १२ का अध्यक्ष सूर्यप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उपसचिव इन्दिरा पन्त आचार्यले स्वागत र सचिव कुश्मराज आचार्यले संचालन गरेका थिए ।

उता लियो क्लबको कार्यक्रम पार्कल्याण्ड हस्पिटलका अध्यक्ष डा. महेन्द्र केसीले पहिलो रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गरेका थिए । कार्यक्रम सदस्य अर्जुन कार्कीले संयोजन गरेका हुन्।

लियो क्लब अफ पोखरा पिस चौतारीका अध्यक्ष देवदत्त बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रम सचिव अनिल ढुङ्गानाले संचालन गरेका थिए ।

रगतको कमी हुन नदिन शुक्रबार पनि पोखराका दुई स्थानमा रक्तदान कार्यक्रम गरिदैछ ।

डेभिजफल युवा क्लबले छोरेपाटन र नेपाल रेडक्रस सोसाईटी उपशाखा पोखरा– १ ले पृथ्वीनारायण क्याम्पसमा रक्तदान कार्यक्रम गर्न लागेका हुन्।

Related News

सम्बन्धित समाचार

Archives

Archives