रात्रीकालिन चेकिङमा कास्की प्रहरी प्रमुख

राष्ट्र न्यूज सम्वाददाता
जेठ २२, २०७५
taxi cheking gardae sp rana

गिता राना मगर
पोखरा, २२ जेठ । कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर रानाले रातको समयमा हुने प्रहरी चेकिङलाई चुस्त दुस्त बनाउनका लागी आफै फिल्डमा उत्रिएका छन् ।

सोमबार रातको समयमा राना आफै सवारी चेकिङ भएका स्थानमा पुगी प्रहरी जवान संगै स्वयं आफै सवारी चेकजांचमा सहभागी भए । सवारी चेकजांच संगै रानाले सवारी चालकहरु सँग प्रहरीले दुःख दिए ÷नदिएको तथा प्रहरी क्रियाकलापको बारेमा समेत जानकारी लिए ।

एसपी रानाले मोटरसाइकल चालक र ट्याक्सी चालक हरु सँग प्रहरीको आचरणको बारेमा बुझ्दै आफ्ना प्रहरी कर्मचारीहरुलाई पनि आफ्नो प्रहरीको नियमलाई अवलम्बन गरी जनतालाई मर्का नपुग्ने गरी काम कारवाही गर्न निर्देशन दिए ।

प्रहरी जवानहरुको काम कारवाहीमा कुनै कमजोरी नहोस् र उनीहरुमा आफ्नो कर्तब्य र जिम्मेवारी बहन गर्नका लागी थप मद्वत पुग्ने भएकाले आफु स्वयं फिल्डमा उत्रेर काम गरेको रानाले बताए ।

सिनियर अफिसर यसरी फिल्डमा गएर काम कारबाहीमा सहभागी हुदा ड्युटीमा रहेका जवानहरुलाई पनि काम गर्ने मनोबल बढ्ने भएकाले आफु मात्र नभइ मातहतका सिनियर अफिसरहरुलाई पनि जवान संगै चेकिङमा उत्रेर काम गर्न रानाले अनुरोध गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives