पोखरा – १३ मा सचेतनामूलक ¥याली

राष्ट्र न्यूज सम्वाददाता
जेठ २३, २०७५
34605332_383759535454139_5493246842118340608_n

पोखरा, २३ जेठ । विश्व वातावरण दिवसको अवसरमा पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ स्थित महिला तथा बाल कल्याण कुञ्जले मङ्गलबार सचेतनामूलक ¥याली गरेको छ ।

पोखरा – १३ गोलचौताराबाट शुरु भएको याली गौडाकोमुख, बाझापाटनहुदै काँहुखोला पुगेको थियो ।

¥यालीमा सरसफाईमा पुगोस् ध्यान, यहि हो हाम्रो अभियान, फोहोरलाई मोहरमा बदलौं, गाडी आउँछ दैलोमा फोहोर राखौं थैलोमा लेखिएका प्लेकार्डहरु प्रदर्शन गरिएको थियो ।

पोखरा – १३ का अध्यक्ष दर्शन लामाले सचेनामूलक ¥यालीको ब्यानर पढेर शुभारम्भ गरेका थिए ।

कार्यक्रम महिला तथा बाल कल्याण कुञ्जकी अध्यक्ष लक्ष्मी सिग्देलको अध्यक्षतामा भएको थियो ।

संस्थाको पहलमा छिट्टै फोहोर व्यवस्थापनका लागि डस्वीन राख्ने तयारी भैरहेको छ ।

संस्थाले महिला शशक्तिकरणसँगै समाज सुधारका गतिविधिहरु संचालन गर्दै आइरहेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives