पोखरा – २ मा वडा भेला

राष्ट्र न्यूज सम्वाददाता
जेठ २७, २०७५
34849147_897718123733544_5828904605089529856_n

पोखरा, २६ जेठ । पोखरा लेखनाथ महानगरपालिका वडा नं २ को शनिवार वडा भेला भएको छ ।

भेलामा वडाको तर्फबाट आर्थिक वर्ष ०७४÷०७५ को प्रगति प्रस्तुत गरिएको थियो भने आर्थिक वर्ष ०७५÷०७६ को योजनाका बारेमा छलफल भएको थियो।

कार्यक्रममा वडाध्यक्ष रामेश्वर मल्लले आर्थिक वर्ष ०७४÷०७५ मा वडामा भएका विकास निर्माण सम्वन्धी गतिविधि बारे जानकारी गराएका थिए भने वडावासिले आर्थिक वर्ष ०७५÷०७६ मा वडामा प्राथमिकता दिनु पर्ने विषय बारे वडाको ध्यानाकर्षण गराएका थिए ।

चालु आर्थिक वर्षमा सडक निर्माण, ढल व्यवस्थापन, महिला शशक्तिकरण र शिक्षालाई प्राथमिकतामा राखेर काम गरेको वडाध्यक्ष रामेश्वर मल्लको भनाइ छ। उनले चालु आर्थिक वर्षमा वडाको विकासमा जनसहभागीता समेत गरी तीन करोड पचास लाख रुपैया खर्च भएको जानकारी दिए ।

सवैको सहयोग पायौं उनले भने – ‘वडाबासिको सुझावलाई समेटर आउँदो वर्ष वडाको आवश्यकता अनुसारका योजना ल्याउने छौं।’

वडाबासिहरुले नालाकोमुखदेखि भैरवटोललाई पर्यटकीय क्षेत्र घोषणा गर्न, बाग्लुङ बसपार्कको व्यवस्थान, विन्ध्यवासिनी मन्दिरको प्रचार प्रसार गरी पर्यटकीय आकर्षण बढाउन र अधेरीकुनाको ढल व्यवस्थापन लगायतका विषयलाई प्राथमिकताका राखि योजना बनाउन सुझाव दिएका थिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, नेपाली काँग्रेसका सुरेन्द्रमान बिजुक्छे, नेकपाका दिननाथ सुवेदी, राप्रपाका बरुण विक्रम राणा, विन्ध्यवासिनी धार्मिक विकास समितिका कार्यवाहक सभापति पवित्रराज रेग्मी, महिलाहरुको तर्फबाट रमिता सुवेदी , विन्ध्यवासिनी माविका प्रधानाध्यापक बसन्तनाथ पाण्डे र आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देलले बोेलेका थिए ।

कार्यक्रममा वडा सदस्य गोमा सुवेदीले धन्यवाद ज्ञापन र वडा सचिव यामबहादुर क्षत्रीले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives