आदिवासी जनजाति संघ चार नम्बर प्रदेशको अध्यक्षमा जितबहादुर

राष्ट्र न्यूज सम्वाददाता
जेठ २८, २०७५
jit grg_n

पोखरा, २७ जेठ । नेपाल आदिवासी जनजाति संघ चार नम्बर प्रदेशको पोखरामा आइतबार सम्पन्न प्रथम भेलाले कास्कीका जितबहादुर गुरुङको अध्यक्षतामा प्रदेश समिति गठन गरेको छ ।

समितिको सदस्यहरुमा धु्रव घले (कास्की), गौमति थापा मगर (कास्की), खेम गुरुङ (कास्की), नेमबहादुर राना (स्याङ्जा), लिलबहादुर राना (स्याङ्जा), इन्द्रबहादुर आले (तनहुँ), गमप्रसाद तमु (लमजुङ), कृष्ण गुरुङ (पर्वत), युवराज अर्मजा पुन (पर्वत), ओमकार थापा मगर (बाग्लुङ), ओम छन्त्याल (म्याग्दी), अशोक भट्टचन (मुस्ताङ), ललित तमु (नवलपूर), इन्द्रपाल मगर (नवलपूर), ओम तमु (गोरखा) र पुष्प श्रेष्ठ (गोरखा) छन् ।

नवनिर्वाचित अध्यक्ष जितबहादुर गुरुङले आदिवासि जनजातिको मनोबल उकास्ने गरी काम गर्ने प्रतिवद्वता व्यक्त गरे ।

यसअघि भेला उद्घाटन गर्र्दै नेपाल आदिवासी जनजाति संघका केन्द्रीय अध्यक्ष आइबहादुर गुरुङले पार्टीलाई आउँदो निर्वाचनमा विजयी गराउने गरी काम गर्न आग्रह गरे । पूर्व मन्त्री समेत रहेका उनले पार्टीको मूलधारमा रहेर आफ्ना आवाज उठाउनु पर्नेमा जोड दिए ।

नेपाली काँग्रेसका नेताहरु शुक्रराज शर्मा, सोभियबहादुर अधिकारी र देवराज चालिसेले पार्टीलाई शशक्त बनाउनका लागि आदिवासी जनजातिले भुमिका खेल्नु पर्ने उल्लेख गरे ।

कार्यक्रममा काँग्रेस स्याङ्जाका सचिव कुमार राना, कास्की काँग्रेसका सदस्य भोजबहादुर गुरुङ, ओमप्रकाश गुरुङ, धार्के गाउँपालिका गोरखाकी उपाध्यक्ष फूलमाया गुरुङ, आदिवासि जनजाति संघका महाधिवेशन प्रतिनिधि राधाकृष्ण गुरुङ, रामकाजी गुरुङ, बाग्लुङका सभापति ओमकार थापा मगर, लमजुङका सभापति गमप्रसाद गुरुङ, नवलपूरका सभापति ललित गुरुङ, मुस्ताङका सभापति अशोक भट्टचन, पर्वतका सभापति भिमबहादुर गुरुङ, गोरखाका सभापति ओम तमु, तनहुँका सभापति इन्द्र आले, तमु ह्युला छोंज धिं केन्द्रीय उपमहासचिव मनोज गुरुङ र नेपाल मगर संघ नवलपूरका अध्यक्ष इन्द्र फाल मगरले बोलेका थिए ।

नेपाल आदिवासी जनजाति संघ कास्कीका अध्यक्ष जितबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रम उपसभापति आशबहादुर गुरुङले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives