तरुण दलद्वारा सरकारको आलोचना

राष्ट्र न्यूज सम्वाददाता
जेठ २८, २०७५
tarun-dal-fourth-general-conventation

पोखरा, २८ जेठ । नेपाल तरुण दल कास्कीले मनोमानी रुपमा काम गरेको भन्दै सरकारको आलोचना गरेको छ ।

तरुण दल कास्कीले कास्कीका सवै तहका तरुण दल इकाइसँग सोमबार गरेको सामुहिक बैठकले सरकारको आलोचना गरेको हो ।

पोखरामा बन्न लागेको क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थ बन्न नदिन सरकारले षडयन्त्र गरेको र पटक÷पटक पेट्रोलियम पदार्थको मूल्य बृद्वि गरेकोभन्दै सरकारको आलोचना गरिएको थियो ।

बैठकले सरकार विरुद्व जस्तो सुकै आन्दोलन पनि गर्नुपर्ने अवस्था आउने भन्दै सवै तरुण इकाइलाई तयारी अवस्थामा रहन निर्देशन दिने निर्णय गरेको छ ।

पार्टीलाई कसरी शशक्त बनाउने र सरकारको मनोमानी विरुद्व कसरी प्रस्तुत हुन भन्ने विषयमा बैठकमा छलफल भयो तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले भने – ‘तरुण दललाई जनताको साथी बनाउने गरी अघि बढ्ने छौं।’

बैठकले नेपाल तरुण दल कास्कीका सदस्य कमलापति पौडेल हालै सम्पन्न डिएलए कास्कीको अधिवेशनबाट सचिवमा निर्वाचित भएकोमा बधाई ज्ञापन गरेको छ ।

त्यस्तै, नेपाल तरुण दल पर्साको अध्यक्ष वीरेन्द्र पटेलको निधन भएकोमा शोक व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives