फेशन अवार्ड नेपाल र पोखरा फेशन विक हुने

राष्ट्र न्यूज सम्वाददाता
जेठ २९, २०७५
fashion award nepal

पोखरा, २९ जेठ । पोखरामा फेशन अवार्ड नेपाल हुने भएको छ ।

विश्वका विकसित देशहरुमा हुने यस्तो फेशन अवार्ड नेपालमा भने पहिलो पटक हुन लागेको हो ।

ट्रेनर नेपालको आयोजना तथा इभेण्ट्स फर यु डिजाइनर्स क्लबको सहकार्यमा कार्यक्रम हुनेछ ।

असार २८, २९ र ३० गते हुने कार्यक्रमको तयारी शुरु भएको छ । कार्यक्रम पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रभित्रको डोममा हुनेछ ।

फेशन क्षेत्रका नयाँलाई प्रोत्साहन र पुरानाको सम्मानका लागि कार्यक्रम फलदायी हुने कार्यक्रम संयोजक रवीन गुरुङको भनाई छ ।

फेशन अवार्डमा फेशन स्टाइल, डिजाईनर र बुटिकका विभिन्न ३५ विद्यामा अवार्ड वितरण गरिने छ । कार्यक्रममा लोकप्रिय थुप्रै कलाकार र देशभरका फेशन डिजाईनरहरुको सहभागीता रहने छ।

कार्यक्रममा दर्शकका लागि औपचारिक पोशाक अनिवार्य गरिएको छ । समाजका अगुवा, लब्ध प्रतिष्ठित, उद्योगी, व्यवसायीलाई लक्षित गरी सो कार्यक्रम गरिएको संयोजक गुरुङको भनाई छ।

कार्यक्रम स्थलमा जो÷जो देखिन्छन्, सवै औपचारिक पोशाकमा हुने छन् संयोजक गुरुङले भने – ‘नेपालमा पनि यस्तो कार्यक्रम सम्भव छ भन्ने प्रमाणित गर्नेछौं।’

कार्यक्रम सम्पन्न गर्नका लागि रवीन गुरुङलाई संयोजक र विशाल गुरुङलाई सहसंयोजक तोकिएको छ । कार्यक्रम हरेक दिन साँझ ६ देखि नौ बजेसम्म हुनेछ ।

पोखरा फेशन विकको दोस्रो स्कंरण हुने

पोखरा फेशन विकको दोस्रो स्कंरण हुने भएको छ ।

फेशन अवार्ड नेपाल सँगै सो कार्यक्रम हुन लागेको हो ।

फेशन अवार्ड र फेशन विक सँगै हुदाँ कार्यक्रम फेशन क्षेत्रको महाकुम्भमा परिणत हुने छ कार्यक्रम संयोजक गुरुङले भने – ‘यसले फेशन क्षेत्रमा नयाँ तरगं ल्याउने छ।’

यो कार्यक्रममा फेशन स्कुलका २० भन्दा बढी डिजाईनर, डिजाईनर्स क्लबका सम्पूर्ण डिजाईनरहरु, सेन्ट्रल फेशन हब हेटौडा, आइएफसि चितवन, सहित काठमाण्डौं, भक्तपुर र बुटवलका फेशन डिजाईनर सहभागी हुने छन्।

फेशन डिजाईनरले बनाएका पोशाक लोकप्रिय मोडलहरुले प्रदर्शन गर्ने छन्।

कार्यक्रममा एक सयभन्दा बढी नयाँ डिजाईनका पोशाकहरु प्रदर्शन हुने छ ।

पोखरा फेशन विकको कोरियोग्राफी लोकप्रिय कोरियोग्राफर जयनसुब्बा मानन्धरले गर्ने बताइएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives