लायन्स आदर्श चौतारीद्वारा विद्यार्थीलाई सहयोग

राष्ट्र न्यूज सम्वाददाता
जेठ ३०, २०७५
35063594_691963347818824_2627458574179106816_n

पोखरा, २९ जेठ । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले विद्यालय सपोर्ट कार्यक्रम अन्तर्गत विद्यार्थीलाई सहयोग गरेको छ ।

क्लबले स्याङ्जाको वालिङ नगरपालिका वडा नं ५ आरुपाटास्थित कन्या आधारभूत विद्यालयका विद्यार्थीलाई सहयोग गरेको हो ।

विद्यालयमा आयोजित कार्यक्रमबीच ३३ जना विद्यार्थीलाई पोशाक, झोला, जुत्ता, स्टेशनरी, खेलकुद सामग्री वितरण गरिएको थियो । करिब ७० हजार मूल्य बराबरका सामग्री सहयोग गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि क्लबका एक्स्टेन्सन चेयर पर्सन कमलबहादुर बस्नेत, क्लबका अध्यक्ष दयाशंकर गौतम, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश गुरुङ लगायतले सामग्री वितरण गरेका थिए ।

त्यसअवसरमा क्लबका संस्थापक अध्यक्ष बासुदेव कोइराला, कार्यक्रम संयोजक रुकबहादुर गुरुङ, विद्यालयका प्रधानाध्यापक सुमित्रा गुरुङ लगायतले बोलेका थिए ।

लायन्स क्लब अफ पोखरा आदर्श चौतारीका अध्यक्ष दयाशंकर गौतमको अध्यक्षतामा भएको कार्यक्रम सचिव शिव नेपालीले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives