अखिल(क्रान्तिकारी) र अनेम संघ(क्रान्तिकारी)द्वारा प्रदर्शन

राष्ट्र न्यूज सम्वाददाता
असार ७, २०७५
IMG_20180620_130404

पोखरा, ७ असार । अखिल (क्रान्तिकारी) कास्की र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कास्कीले पोखरामा बुधबार संयुक्त रुपमा प्रदर्शन गरेका छन् ।

मूल्य बृद्वि, कालोबजारी, भ्रष्टाचार र महिला हिंसाको बिरोध गर्दै प्रदर्शन गरिएको हो ।

पोखरा पृथ्वीचोकबाट सुरु भएको र्याली चिप्लेढुङ्गा मानवअधिकार चोक पुगेर बिरोध सभामा परिणत भएको थियो ।

सभामा बोल्दै नेकपा गण्डक ब्युरो याक्सन इन्चार्ज जगनले महिलामाथिको उत्पीडन अन्त्य गर्नका लागि जाग्नु पर्ने उल्लेख गरे ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कास्कीकी संयोजक प्राप्ति बिकले कालोबजारी, भ्रष्टाचार, मूल्य बृद्धिलाई तत्काल नियन्त्रण नगरे शशक्त आन्दोलन गर्ने चेतावनी दिइन् ।

अखिल (क्रान्तिकारी) कास्कीकी जिल्ला सचिव आस्थाले गिरफ्तार नेता तथा कार्यकर्ता रिहा गर्न माग गरिन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives