‘स्वानुभवयोगभूषण’ पुस्तकको विमोचन

राष्ट्र न्यूज सम्वाददाता
असार १०, २०७५
Swanubhabayogbhushan

पोखरा, १० असार । स्व. खरदार रत्नमान उदासद्वारा लिखित ‘स्वानुभवयोगभूषण’ पुस्तक विमोचन गरिएको छ।

पोखरामा आयोजित कार्यक्रमबीच अखिल नेपाल बौद्ध संघका भिक्षु भन्ते महास्थवीरले पुस्तकको विमोचन गरेका हुन् ।

स्व. खरदार रत्नमानका छोरा दुधमान उदासको ९७ औं जन्मदिनको अवसरमा पुस्तक विमोचन गरिएको हो । स्व. खरदार रत्नमानले २००२ सालमा लेखेको उक्त पुस्तक उदास परिवारद्धारा दोस्रो संस्करण रुपमा प्रकाशन गरिएको छ ।

उदास बंशावलीसहित योगसम्बन्धी ३७ वटा प्रश्नोत्तरको आधारमा विषयवस्तु समेटिएको सो पुस्तक ६२ पृष्ठको छ ।

प्रमुख अतिथि भिक्षु भन्ते महास्थवीरले बौद्ध धर्मको प्रबद्र्धन र संरक्षणका लागि उदास परिवारको ठूलो योगदान रहेको बताए ।

अग्रज पत्रकार यज्ञप्रसाद बास्तोलाले पुस्तकको समीक्षा र प्राडा कुशुमाकर न्यौपानेले टिप्पणी गरेका थिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी र दायक सभाका अध्यक्ष कृष्णमान गुभाजुले बोलेका थिए ।

कार्यक्रममा दुधमान उदास र सन्तमाया उदासले धर्मशाला बुद्ध बिहारको नवनिर्मित भवन निर्माणका लागि ९७ हजार नगद सहयोग गरे ।

डा. गेहेन्द्रमान उदास ‘पोखरेली’को अध्यक्षतामा भएको कार्यक्रममा बसन्त उदासले स्वागत, प्रकाश उदासले धन्यवाद ज्ञापन र ज्योत्सना उदासले कार्यक्रम संचालन गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

Archives

Archives