फिस्टेलमा खुशीयाली, विद्यार्थीलाई सम्मान

राष्ट्र न्यूज सम्वाददाता
असार १०, २०७५
35522464_2124477754497961_8626811494736068608_n

पोखरा, १० असार । पोखराको पार्दीस्थित फिस्टेल एकेडेमी माविले आइतबार कार्यक्रम गरी २०७४ सालको एसइई परीक्षामा उतिर्ण विद्यार्थीहरूलाई सम्मान गरेको छ ।

विद्यालयका संस्थापक प्राचार्य चिनु रानाभाट, व्यवस्थापन समितिकी अध्यक्ष अञ्जु रानाभाट, सहप्राचार्य बुद्विमोहन पौडेल, प्रशासक दुर्गाप्रसाद न्यौपाने सहित सम्पूर्ण शिक्षक÷शिक्षिकाहरूले विद्यार्थीहरुलाई सम्मान गरेका थिए ।

सो विद्यालयबाट परीक्षामा सम्मिलित ७३ जना विद्यार्थीहरूमध्ये सुशान्त रानाभाटले ४.० जिपिए प्राप्त गरेपछि विद्यालय परिवार हर्षित बनेको छ । विद्यार्थीको सम्मान सँगै विद्यालय परिवारले खुशयाली मनाएको छ ।

कार्यक्रममा संस्थापक प्राचार्य चिनु रानाभाटले विद्यालयले प्रत्येक वर्ष उत्कृष्ट नतिजा ल्याए पनि यस वर्ष नेपालमै चर्चा पाउँने नतिजा ल्याएपछि आफूलाई अत्यन्त हर्षित तुल्याएको बताए ।

उनले सम्पूर्ण उतिर्ण विद्यार्थीहरूको आगामी शैक्षिक यात्राको सफलताको कामना गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives