पोखरा – २१ मा हुने रोपाई महोत्सवको तयारी पुरा

राष्ट्र न्यूज सम्वाददाता
असार १२, २०७५
kristi

पोखरा १२ असार । राष्ट्रिय धान दिवसको अवसरमा कृषि सञ्जाल पोखरा लेखनाथ महानगरपालिका वडा नं. २१ ले असार १५ गते पोखरामा गर्ने प्रथम असारे रोपाई महोत्सवको तयारी पुरा भएको छ ।

‘कृषिमा प्राथमिकता, वडा नं. २१ लाई कृषिमा आत्मनिर्भरता’ भन्ने नाराका साथ आयोजना हुने प्रथम रोपाईं महोत्सवको सम्पुर्ण तयारी पुरा भएको आयोजक समितिका संयोजक उमानाथ सुबेदीले बताए ।

उक्त महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटक समेत गरी करिब एक हजार पाँच सय पर्यटकहरु हिलोमा रमाउने छन ।

पोखरा महानगरपालिकाको प्रवद्र्धनमा हुन लागेको उक्त महोत्सवमा स्थानिय कला संस्कृतिका प्रवद्र्वनका साथै बिभिन्न मनोरञ्जनात्मक प्रतियोगिता समेत आयोजना हुने संयोजक सुबेदीले बताए ।

महोत्सवको अवसरमा आमा समूहहरुबीच असारे गीत तथा रोपाईं प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता, हिले दौड प्रतियोगिता जेष्ठ नागरिक हिले दौड प्रतियोगिता हुने भएको छ ।

महोत्सवमा उत्कृष्ट दुई जना धान कृषकलाई सम्मान गरिनुका साथै ख्याती प्राप्त कलाकारहरुको सांस्कृतिक प्रस्तुती समेत रहने उनले बताए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives