मन्टेश्वरी शिक्षण व्यवसायीक दक्षता तालिम

राष्ट्र न्यूज सम्वाददाता
असार १६, २०७५
36374364_806159989574784_1961845587984777216_n

पोखरा, १६ असार । क्रिष्टल इण्टरनेशनल मण्टेश्वरी किण्डरवल्र्ड र बिहानी मण्टेश्वरीको संयुक्त आयोजनामा एक दिने मण्टेश्वरी शिक्षण व्यवसायीकता दक्षता तथा आर्ट क्राफ्ट तालिम सम्पन्न भएको छ ।

मण्टेश्वरीका लागि आवश्यक सिप सिकाउने उदेश्यले आयोजित तालिममा २० जना सहभागी थिए ।

तालिमका क्रिष्टल इण्टरनेशनल मण्टेश्वरीकी निर्देशक रिना पौडेलले मण्टेश्वरीमा बिद्यार्थीहरुलाई खेलाउने खेल, कथा भन्ने शैली तथा आर्ट क्राफ्टहरु कसरी प्रयोग गर्ने भन्ने बिषयमा सहजीकरण गरेकी थिईन् ।

तलिमका अर्का सहजकर्ता मोटिभेसनल स्पिकर उपेन्द्र अधिकारीले सफल मण्टेश्वरी शिक्षक हुनका लागि आवश्यक दक्षताहरुका बारेमा सहजीकरण गरेका थिए ।

कार्यक्रममा क्रिष्टल मण्टेश्वरीकी प्रिन्सिपल रेश्मी शर्मा , बिहानी मण्टेश्वरीका तर्फबाट संचालक प्रिन्सिपल संगीता सुवेदी, संचालक कल्पना रेग्मी र सबिता पौडेलले यस प्रकारका तालिमले दक्ष शिक्षक उत्पादनमा सहयोग पुग्ने बताए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives