पाँच लाखको दुलही ड्रेस पोखरा फेशन विकमा

राष्ट्र न्यूज सम्वाददाता
असार १९, २०७५
fashion award nepal

पोखरा, १९ असार । पोखरामा हुन लागेको फेशन विकको दोस्रो संस्करणमा पाँच लाख पर्ने दुलही ड्रेस प्रदर्शन गरिने भएको छ ।

सो ड्रेस फेशन विकको आकर्षण बन्ने आयोजकको भनाई छ । ‘ब्राइडल वेयर’ थिममा सय मिटर लामो उक्त डे«ेस एक महिना समय लगाएर बनाइएको छ । फेशन स्कुलकी डिजाइनरले सो ड्रेस बनाएकी हुन् ।

ट्रेनर नेपालको आयोजना तथा इभेण्ट्स फर यु डिजाइनर्स क्लबको सहकार्यमा हुने सो कार्यक्रममा तीजका लागि ‘लै बरि लै’ थिम अन्तर्गत विभिन्न नयाँ डिजाइनहरु प्रदर्शन गरिने छ।

त्यस्तै, ‘समर स्प्रिंङ्ग’ थिममा गर्मीका पहिरन र ‘फ्याल्स ब्याक’ थिममा ५० वर्ष अगाडीका पहिरनहरु प्रस्तुत गरिने छ ।

असार २८, २९ र ३० गते हुने सो कार्यक्रमसँगै फेशन अवार्ड नेपाल पनि हुदै छ । पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा दुवै कार्यक्रम हुने छन् ।

कार्यक्रमस्थल प्रदर्शनी केन्द्रको डोम भित्र ७० फिट लामो रनवे स्टेज निर्माण गरिदै छ । प्रदर्शनी केन्द्रको गेटदेखि डोमसम्म रेड कार्पेट ओछ्याइने छ भने त्यहि नै ३० जनाभन्दा बढी फोटोग्राफरले सेलिब्रेटीको तस्विर कैद गर्ने छन् ।

कार्यक्रमको अन्तिम दिन ३० गते फेशन अवार्ड वितरण गर्नका लागि चर्चित कलाकार युवराज लामिछानेले अहिले अवार्डहरु तयार गरिरहेका छन् ।

यसवर्ष उत्कृष्ठ फेशन डिजाइनर, बुटिक, मोडल, फोटोग्राफर, कोरियोग्राफर, उद्घोषक, इभेण्ट लगायत विभिन्न ४० विद्याका उत्कृष्ठलाई फेशन अवार्ड प्रदान गरिने कार्यक्रम संयोजक रवीन गुरुङले जानकारी दिए ।

कार्यक्रममा फेशन स्कुलका २० भन्दा बढी डिजाइनर, डिजाइनर्स क्लबका सम्पूर्ण डिजाइनरहरु, एनआईएफ काठमाण्डौं, सेन्ट्रल फेशन हब हेटौडा, आइएफसि चितवन, सहित काठमाण्डौं, भक्तपुर, बुटवलका फेशन डिजाइनर र १२ जनाभन्दा बढी बुटिक सहभागी हुने छन्।

कार्यक्रमको तयारी तिव्र गतिमा भैरहेको छ कार्यक्रमका सहसंयोजक विशाल गुरुङले बताए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives