प्रवेश परीक्षा खारेजीको विरोध

राष्ट्र न्यूज सम्वाददाता
असार २०, २०७५
36531099_1697727546989498_7697851648189661184_n

पोखरा, १९ असार । विभिन्न तीन विद्यार्थी संगठनले पोखराको पृथ्वीनारायण क्याम्पसमा एलएल.बीका लागि लिइएको प्रवेश परीक्षा खारेज गरेकोप्रति विरोध जनाएका छन् ।

ती विद्यार्थी संगठनले प्रवेश परीक्षा खारेज गर्ने कानुन संकाय डिन कार्यालयको निर्णय फिर्ता लिन माग गर्दै मङ्गलबार क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् ।

नेल्सा पि.एन अध्यक्ष नवीन घिमिरे, नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष कृष्ण अधिकारी र नेवि संघ उपाध्यक्ष रमेश गिरीद्वारा हस्ताक्षरीत ज्ञापनपत्रमा केहि व्यत्ति र संगठनको स्वार्थका कारण प्रवेश परीक्षा खारेज गरी विद्यार्थी भर्ना लिइएकोभन्दै आपत्ति जनाइएको छ ।

ज्ञापनपत्रमा प्रवेश परीक्षा खारेजीको निर्णयले विधि र विधानको शिक्षा दिने कानुन संकायले विधिको धज्जी उडाएकोभन्दै निर्णय फिर्ता लिन माग गरिएको छ ।

आफ्नो मागको सम्बोधन नगरिए प्रतिरोधमा उत्रने चेतावनी दिदै भईपरि आउने अवस्थाको जिम्मेवार कानुन संकाय डिन कार्यालय र पृथ्वीनारायण क्याम्पस प्रशासन हुने उल्लेख छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives