बुद्व विशाल बजारको आन्तरिक फुटसल

राष्ट्र न्यूज सम्वाददाता
असार २४, २०७५
DSC01016

पोखरा, २३ असार । बुद्व विशाल बजार व्यापारिक एशोसियशनले पोखरामा शनिवार चौथो आन्तरिक फुटसल प्रतियोगिता गरेको छ ।

खेलकुदको माध्यमबाट व्यवसायीबीच सद्भाव विकास गर्ने उदेश्यले रानीपौवा स्पोर्टस सेन्टरमा आयोजित प्रतियोगितामा आठ समूहले सहभागीता जनाएका थिए ।

प्रतियोगितामा सन्तोष गुरुङको समूह विजेता र शुशिल श्रेष्ठको समूह उपबिजेता बनेका छन् । ती समूहलाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यस्तै, उत्कृष्ठ खेलाडी सन्तोष गुरुङ, उत्कृष्ठ गोलरक्षक कुमबहादुर गुरुङ र सर्वाधिक गोलकर्ता शुशिल श्रेष्ठलाई पुरस्कृत गरिएको थियो ।

यसअघि प्रतियोगिता उद्घाटन गर्दै चार नम्बर प्रदेशका सदस्य बिन्दुकुमार थापाले पोखरालाई शिक्षा, स्वास्थ्य र खेलकुदको गन्तव्य बनाउनु पर्नेमा जोड दिए ।

पोखरा महानगरपालिका वडा नं ४ का वडाध्यक्ष शंकरप्रसाद बास्तोलाले वडालाई वातावरण मैत्री बनाउने अभियान शुरु गर्न लागेको जानकारी दिदै सघाउन आग्रह गरे ।

पोखरा महानगरपालिका वडा नं ३ का वडाध्यक्ष रविन्सन प्रजुले व्यवसायीका समस्या समाधान गर्न आफु सदैव क्रियाशील रहने उल्लेख गरे ।

त्यसअवसरमा फेन्सी तथा रेडिमेट व्यवसायीक संघका महासचिव राजु पौडेलले पनि बोलेका थिए । ।

बुद्व विशाल बजार व्यापारिक एशोसियशनका अध्यक्ष केशवबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष प्रदिपकुमार मुल्मीले स्वागत, खेल संयोजक ज्ञानेन्द्रमान श्रेष्ठले धन्यवाद र महासचिव इन्द्रराज अर्यालले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives