सच्चाई काँहुखोला शाखाद्वारा विद्यार्थीलाई सम्मान

राष्ट्र न्यूज सम्वाददाता
असार २४, २०७५
36818258_598351333897673_2338638992938893312_n

पोखरा, २३ असार । ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपाल शाखा काँहुखोला सच्चाई परिवार पोखरा – १३ ले शनिवार एसईई उतिर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

कार्यक्रममा एसईई उतिर्ण गर्ने सच्चाई परिवारका सदस्यका २२ जना छोराछोरीलाई सम्मान गरिएको थियो ।

पोखरा महानगरपालिका वडा नं १३ का वडाध्यक्ष दर्शन लामा, अध्यक्ष रामजी केसी र सहउपाध्यक्ष लक्ष्मी केसी लगायतले उनीहरुलाई सम्मान गरेका थिए ।

कार्यक्रममा वडाध्यक्ष दर्शन लामाले वडालाई नमुना बनाउने उदेश्यका साथ काम गरिरहेको भन्दै सघाउन आग्रह गरे।

आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देलले सवैको उदेश्य समाजमा शान्ति र सुव्यवस्थाका कायमका लागि हुनुपर्नेमा जोड दिए ।

सच्चाई परिवार काहुँखोला शाखाकी सहउपाध्यक्ष लक्ष्मी केसीले सच्चाई परिवारले धर्मको प्रचार गरेको भन्नु गलत हो भन्दै सच्चाईमा लाग्नेहरुले परमेश्वर चिनेको उल्लेख गरिन् ।

सच्चाई परिवार काहुँखोला शाखाका अध्यक्ष रामजी केसीको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहाकारहरु बुद्विबहादुर परियार र रुपबहादुर गुरुङले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives