वीपी स्मृति दिवसमा पोखरामा रक्तदान

राष्ट्र न्यूज सम्वाददाता
श्रावण ६, २०७५
DSC01071

पोखरा, ६ साउन । नेपाली काँग्रेसका संस्थापक वीपी कोइरालाको ३६ औं स्मृति दिवसमा आइतबार देशभर विविध कार्यक्रम गरिएको छ ।

स्मृति दिवसमा बृक्षरोपण, प्रवचन र रक्तदान जस्ता कार्यक्रम गरिएका छन्। यसैक्रममा पोखरामा भने आइतबार रक्तदान कार्यक्रम गरिएको छ ।

कास्की काँग्रेसले पोखरा चिप्लेढुङ्गास्थित पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा ८३ जनाले रक्तदान गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।

                                     कार्यक्रम उद्घाटन गर्दै नेता शुक्रराज शर्मा

काँग्रेसका नेताहरु शुक्रराज शर्मा, यज्ञबहादुर थापा, कास्की काँग्रेसका सभापति कृष्ण केसी, गण्ठकी प्रदेशसभा सदस्य विन्दु थापा, क्षेत्रीय सभापतिहरु वृजमान गुरुङ, विजयराज आचार्य र पोखरा महानगर सभापति बजिरमान श्रेष्ठले रक्तदाताहरुलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रम सचिव सुदीपमोहन भट्टराइले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives