नेल्टा गण्डकी अध्यक्षमा डा. न्यौपाने

राष्ट्र न्यूज सम्वाददाता
श्रावण १३, २०७५
nelta

पोखरा, १३ साउन । नेपाल अङ्ग्रेजी भाषा शिक्षक संगठन (नेल्टा) गण्डकीको प्रथम अधिवेशनले डा. नवराज न्यौपानेको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ।

समितिको बरिष्ठ उपाध्यक्षमा कमलराज लम्साल, उपाध्यक्षमा रामचन्द्र पोखरेल, महासचिवमा लक्ष्मणबाबु आचार्य, सचिवमा पिताम्बर पौडेल, कोषाध्यक्षमा विष्णुहरि बास्तोला, सदस्यता सचिवमा केशवप्रसाद कँडेल छन्।

समितिको सदस्यहरुमा मिनु कुँवर श्रेष्ठ, विनोद न्यौपाने, उपेन्द्रबाबु ढकाल, लालप्रसाद भट्टराई, देव शर्मा, बुद्विबहादुर क्षेत्री, तीर्थराज कँडेल, पितृराज बास्तोला, मुकेशकुमार अधिकारी, दयाराज कट्टेल, इन्द्रप्रसाद तिमिल्सिना र बालकृष्ण शर्मा छन् ।

कुञ्जरमणी गौतम संयोजक, रत्नमान गुरुङ र महाप्रसाद हड्खले सदस्य रहेको समितिले निर्वाचनको समन्वय गरेको थियो ।
यसअघि गण्डकी प्रदेश समाजिक विकास मन्त्री नरदेवी पुनले ब्यानरमा हस्ताक्षर गरी अधिवेशन उद्घाटन गरेकी थिईन् ।

कार्यक्रममा उनले अहिलेको प्रतिस्पर्धाका लागि अङ्ग्रेजी भाषामा दखल हुन आवश्यक रहेको बताईन्। उनले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि शिक्षकहरुको महत्वपूर्ण भुमिका रहने उल्लेख गरिन् ।

अधिवेशन आयोजक समितिका संयोजक डा. नवराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा कास्की अध्यक्ष मिनु कुँवर श्रेष्ठले स्वागत र सचिव मुकेशकुमार अधिकारीले संचालन गरेका थिए ।

त्यसअवसरमा नेल्टाका केन्द्रीय अध्यक्ष मोतिकला सुब्बा देवान र सल्लाहाकार हेमन्त दाहालले अङ्ग्रेजी भाषा सम्वन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives