रिजन ९ अन्तर्गतका क्लबको संयुक्त पदस्थापना

राष्ट्र न्यूज सम्वाददाता
श्रावण १४, २०७५
padhasthapan

पोखरा, १४ साउन । लायन्स क्लब डिष्टिक ३२५ वि १ नेपाल अन्तर्गत लायन्स वर्ष २०१८÷१९ को रिजन ९ जोन १८ र १९ अन्तर्गतका क्लबहरुको संयुक्त पदस्थापना भएको छ ।

रिजन अन्तर्गत लायन्स क्लब अफ हेमजा, लायन्स क्लब अफ पोखरा फेवा फिस्टेल सिटी, लायन्स क्लब अफ पोखरा ग्रिन सिटी, लायन्स क्लब अफ पोखरा पिस हिमालयन सिटी, लायन्स क्लब अफ पोखरा लालिगुरास, लायन्स क्लब अफ पोखरा सेन्टिनियल, लायन्स क्लब अफ पोखरा डेष्टिनेसन, लायन्स क्लब अफ पोखरा फेवा सिटी क्लब र लियो क्लब अफ हेमजाको संयुक्त पदस्थापन भएको हो ।

त्यसैगरी पदस्थापना कार्यक्रममा नयाँ क्लब लायन्स क्लब अफ पोखरा नर्थ, लायन्स क्लब अफ पोखरा सराङकोट र लायन्स क्लब अफ पोखरा वर्किड्ड टुगेदरको शुभारम्भ तथा परिचयात्मक कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा डिष्टिक गभर्नर अशोक कुमार श्रेष्ठले पुराना क्लबको पदस्थापना तथा नयाँ क्लबको शुभारम्भ गरेका थिए ।

कार्यक्रममा वर्ष २०१७÷१८ का अध्यक्षले आफ्नो कार्यकालमा गरेका गतिविधि र वर्ष २०१८÷१९ का अध्यक्षले आमामी कार्ययोजनाका बारेमा जानकारी गराएका थिए ।

पदस्थापना भएका क्लबका अध्यक्षले डिष्टिक गभर्नरले ल्याएका योजनाहरुलाई सफल बनाउन लागि पर्ने विश्वास दिलाएका थिए ।

कार्यक्रममा आईपिएमसीसी एवम् एलसीआइएफ एरीया लिडर बालकृष्ण बुर्लाकोटी, आईपिडिजी धनराज आचार्य, एफडब्लुसी कोअर्डिनेटर तथा पिडिजी ध्रुवबहादुर थापा, सिनियर एड्भाइजर एकनारायण शर्मा, जोन चेयर पर्सन लक्ष्मी बराल, लायन्स क्लब अफ माउण्टेन सिटीका अध्यक्ष हर्कबहादुर अधिकारीले बोलेका थिए ।

लायन्स क्लब अफ हेमजाका वर्ष २०१७÷१८ का अध्यक्ष नवराज त्रिपाठी र वर्ष २०१८÷१९ का अध्यक्ष सुजित श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा रिजन चेयर पर्सन मोतिराज तिमिल्सिनाले स्वागत, जोन चेयर पर्सन केदार ढकालले धन्यवाद, लायन्स क्लब अफ पोखरा फेवा सिटीकी प्रथम उपाध्यक्ष राधिका शर्माले झण्डाको अभिवादन र लायन्स क्लब अफ पोखरा ग्रिन सिटीका अध्यक्ष नवराज भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives