कास्की काँग्रेसद्वारा सरकारलाई खबरदारी गर्दै प्रदर्शन

राष्ट्र न्यूज सम्वाददाता
श्रावण १५, २०७५
DSC01187

पोखरा, १५ साउन । नेपाली काँग्रेस कास्कीले पोखरामा मङ्गलबार प्रदर्शन गरेको छ ।

सरकारले मनोमानी रुपमा गरिरहेको कामको खवरदारी गर्दै पोखरामा प्रदर्शन गरिएको हो ।

पोखराको पृथ्वीचोकबाट शुरु भएको जुलुस न्यूरोड हुदै चिप्लेढुङ्गामा पुगेर सभामा परिणत भएको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।

सभामा बोल्ने नेताहरुले सरकारको मनोमानी बन्द गरी देश र जनताको आवश्यकतामा गम्भिर बन्न सरकारलाई सचेत गराएका थिए । प्रेस माथिको अपमान, चर्काे महंगी र करको विरोध गरिएको थियो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवन परियारले माफियाको इशारामा सरकार चल्नु दुर्भाग्यपूर्ण भएको बताए ।

उनले काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुदाँ गरिएका जनपक्षिय निर्णयहरु खारेज गर्नु निन्दनिय भएको उल्लेख गरे ।

आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीले सरकारका गतिविधिले सरकारको आयु घट्दै गएको दावी गरे ।

काँग्रेस नेता यज्ञबहादुर थापाले सरकारका कारण नै जनता सडकमा आउनु पर्ने अवस्था सृजना भैरहेको बताए ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य बृन्दादेवी राना, प्रदेशसभा सदस्य बिन्दुकुमार थापा, नेता देवराज चालिसे, अन्नपूर्ण गाउँपालिका प्रमुख युवराज कुँवर, नेपाली काँग्रेस पोखरा महानगर सभापति बजिरमान श्रेष्ठ, नेपाल महिला संघ कास्कीकी सभापति कोपिला रानाभाट, नेपाल तरुण दल कास्कीका सभापति मनोज गुरुङले बोलेका थिए ।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष लक्ष्मी पाण्डेले धन्यवाद र सचिव सुदिपमोहन भट्टराईले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives