आर्थिक अभाव भएपछि उपचारमा समस्या, सहयोगको आग्रह

राष्ट्र न्यूज सम्वाददाता
श्रावण १६, २०७५
asmita bk

पोखरा, १६ साउन । माछापूच्छ«ृे गाउँपालिका वडा नं २ निवासी १९ वर्षिया अस्मिता बिकले उपचारका लागि सहयोगको याचना गरेकी छन् ।

आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि उनले सहयोगको याचना गरेकी हुन् । एप्लाष्टिक एनिमियाबाट प्रभाबित उनको काठमाण्डौं स्थित निजामति अस्पतालमा उपचार भैरहेको छ । उनको हड्डी भित्रको मासि प्रत्यारोपण गर्नु पर्ने अवस्था छ । उनी जेठदेखि बिरामी अवस्थामा छन् । हालसम्म उनको उपचारका लागि पाँच लाखभन्दा बढी रकम खर्च भैसकेको छ ।

उपचारका लागि अझै करिब २० लाख खर्च लाग्ने बताइएको छ । छोरीको उपचारका लागि आर्थिक अभाव भएको भन्दै उनका बुबा नरबहादुर कामीले माछापूच्छ«े गाउँपालिकामा निवेदन दिएका छन् । छोरीको उपचारका लागि पैसा छैन, बुबाले भने – ‘सबैबाट सहयोगको आशा गरेका छांै ।’

उनको उपचारका लागि आर्थिक जोहो गर्न स्थानीय रुपमा पनि पहल थालिएको माछापूच्छ«े गाउँपालिका वडा नं २ का वडा सदस्य गणेश आचार्यले जानकारी दिए ।

आर्थिक संकलनका लागि स्थानीय आमा समूह, क्लब, टोल विकास संस्था जुटेका छन्, आचार्यले भने – ‘स्थानीय रुपबाट मात्रै सवै रकम संकलन हुन नसक्ने भएकाले सबैको सहयोग चाहिएको छ ।’ बिक स्थानीय माछापूच्छे« माविमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी हुन् ।

उनलाई सहयोग गर्नका लागि प्रभु बैंक लिमिटेडको बैंक खाता नम्बर ०१६०१००१०६२७७३०००००१ मा रकम जम्मा गरिदिन सक्नु हुनेछ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives