अपाङ्गता सरोकार समितिद्वारा बिउँ पूँजी वितरण

राष्ट्र न्यूज सम्वाददाता
श्रावण २८, २०७५
38860204_2233234736933984_2319012615893811200_n

पोखरा, २६ साउन । वडास्तरीय अपाङ्गता सरोकार समिति पोखरा महानगरपालिका वडा नं ८ ले वडाभित्रका अपाङ्गता भएका पाँच जनालाई बिउँ पूँजी वितरण गरेको छ ।

श्रीराम आधारभुत विद्यालयमा आयोजित कार्यक्रममा समितिले कृष्ण कुँवर, कृष्ण थापा, सरिता सुवेदीलाई जनही १०÷१० हजार र मङ्गलसिंह गुरुङ र जीवन गिरीलाई पाँच हजार पाँच सय सहित जोख्ने मेशिन हस्तान्तरण गरेको हो । उनीहरुको आयआर्जनमा सहयोग पु¥याउने उदेश्यले सहयोग गरिएको बताइएको छ ।

गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापा, वडाअध्यक्ष रुद्रनाथ बराल, सदस्य कृष्णमान ठुसाजु र पुष्पराज सिग्देल लगायतले वितरण गरेका थिए ।

कार्यक्रममा वडाभित्रका अपाङ्गता भएकाहरुको सहयोगका लागि स्थापना गर्न लागिएको अक्षयकोषमा ७७ हजार एक सय रुपैया संकलन भएको छ ।

अक्षयकोषका लागि गण्डकी प्रदेश सांसद विन्दुकुमार थापाले २० हजार, कृष्ण ठुसाजु, रोजिना जोशी, पुष्पराज सिग्देल र कृष्णबहादुर कुँवरले १०÷१० हजार, सिविआरएस संस्था र श्रवणलाल जोशीले पाँच÷ पाँच हजार प्रदान गरेका छन् ।

त्यस्तै, विष्णु सिग्देल, सरीता सुवेदी, जीवन गिरी , मंगलसिंह गुरुङ र कृष्ण थापाले दुई÷दुई हजार र लक्ष्मी कौशलले एक हजार एक सय प्रदान गरेका छन् ।

कार्यक्रममा वडा सदस्य कृष्णमान ठुसाजुले वडाबाट पाउँने पारिश्रमिकबाट वर्षेनी १० हजार रुपैया अक्षयकोषका लागि उपलब्ध गराउने प्रतिवद्वता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सांसद विन्दुकुमार थापाले अपाङ्गता भएकाहरुलाई सहायक सामाग्री लगायत आर्थिक सहयोग उपलब्ध गराउने प्रतिवद्वता व्यक्त गरे । उनले अपाङ्गताका सवाललाई प्रदेशसभामा उठाउने उल्लेख गरे ।

त्यसअवसरमा वडाध्यक्ष रुद्रनाथ बराल, वडा सदस्य लक्ष्मी कौशल, पुष्पराज सिग्देल, सरोकार समितिका संस्थापक अध्यक्ष विष्णु सिग्देल, टोल विकास समन्वय समितिका अध्यक्ष शारदा गिरी, नेपाली काँग्रेस पोखरा – ८ का सभापति सुवाष सिग्देल, जनप्रिय टोल विकास संस्थाका अध्यक्ष श्रवणलाल जोशी, नेपाल रेडक्रस सोसाईटी कास्कीकी शर्मिला धमला र सिबिआरएस प्रतिनिधि गोविन्द पौडेलले बोलेका थिए ।

वडास्तरीय अपाङ्गता सरोकार समिति पोखरा – ८ का सभापति प्रर्मिला श्रेष्ठ जोशीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव सरीता सुवेदीले स्वागत र सल्लाहाकार शंकर बास्तोलाले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives