सरकारका कृयाकलाप नियन्त्रण र निषेधतर्फ – महत

राष्ट्र न्यूज सम्वाददाता
भाद्र २, २०७५
Dr. Prakash Sharan Mahat 1

पोखरा, २ भदौ । नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख रहेको औंल्याएका छन्।

सरकारको नारा समृद्धि ल्याउने भएपनि कृयाकलापहरु भने नियन्त्रण र निषेधमा आधारित रहेको डा महतको ठहर थियो।

‘संपूर्ण सरकारी संरचना, सुरक्षा निकाय, कर्मचारी र स्वतन्त्र संवैधानिक न्यायलयलाई सरकारले नियन्त्रणमा लिएको छ,’ पोखरामा शुक्रबार पत्रकारहरुसंगको भेटघाटमा डा महतले सरकारलाई आरोप लगाए, ‘सत्तामा नआउँदा राष्ट्रवादको चर्को नारा लाग्यो। यद्यपी, सरकारमा पुगेकेपछि ति नाराहरु सामसुम भएको छ। सरकारको भाषामा हिंजो समस्यै समस्या थियो, आज कोही समस्या नै छैन।’

डा महतले वर्तमान सरकार राजनीतिक र आर्थिक दृष्टिले ‘कमाण्ड एण्ड कन्ट्रोल’ मा चलेको दोह¥याए। ‘मुलभूत रुपमा सरकार यतातर्फ अग्रसर छ,’ महतले भने, ‘यस्तो प्रबृत्तिले देशलाई सही बाटोमा लैजादैंन।

प्रदेश र स्थानीय सरकारबाट जनतामाथि थिचोमिचो भएको डा महतको कथन थियो। उनले तीनै तहको सरकारहरु जनताबाट लिएर आफm्नो सुविधा बढाउनतर्फ लागेको आरोप लगाए। प्रेसमाथि समेत नियन्त्रण र अंकुश लगाइएको डा महतको आरोप थियो।
डा महतले सबै राजनीतिक दलले बनाएको संविधान र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण गर्ने दायित्व आफूहरुको रहेको स्पष्ट पारे। ‘यो सरकार जुन बाटोमा हिंडेको छ, त्यसले देशमा समृद्धि आउँदैन,’ डा महतले चुनौति दिए, ‘लोकतान्त्रिक मूल्य–मान्यता र कानूनी शासनका आधारलाई सरकारले मानोस। अन्यथा, भोलीका दिनमा सरकारले थप विरोध खेप्नुपर्ने हुन्छ।’

डा महतले स्वतन्त्र न्यायपालिकालाई आफू अनुकूल चलाउन खोज्नु सरकारको अधिनायकवाद रहेको बताए। संविधानको भावनाअनुरुप शक्ति पृथकीकरणको सिद्धान्तलाई सरकारले कुल्चिएको डा महतको आरोप छ। ‘नागरिक स्वतन्त्रता, न्यायको कानूनी शासन, संवैधानिक व्यवस्थालाई कुल्चिने प्रयास गरिदैंछ,’ उनले भने, ‘देशमा खतराहरु बढ्दै छ।’

नेविसंघलाई समेत पार्टीले ट्रयाप गरेको डा महतले बताए। अनन्तकालसम्म अधिवेशन गर्न नसक्ने नेविसंघले दुई वर्षबाट तीन महिनाभन्दा बढि लम्ब्याउन नपाउने नेविसंघलाई ट्रयाप लगाइएको डा महतको कथन थियो। ‘भोली भदौ २ गते नेविसंघको अवधि सकिदैंछ,’ उनले भने, ‘तीन महिनाभित्रमा कार्ययोजनासहित नेविसंघलाई प्रस्तुत हुन पार्टीले निर्देशन दिएको छ।

Related News

सम्बन्धित समाचार

  • रोजगारी उपलब्ध गराउन पोखरा १३ मा जब फेयर

    राष्ट्र न्यूज सम्वाददाता फागुन १८, २०८०
    पोखरा, १८ फागुन । पोखरा १३ मा जब फेयर सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं. १३ कार्यालयको आयोजनामा…
  • डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन गण्डकी प्रदेश संयोजकमा पाण्डे

    राष्ट्र न्यूज सम्वाददाता फागुन ६, २०८०
    पोखरा,६फागुन। डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन नेपाल गण्डकी प्रदेश समितिको अधिवेशनले शम्भुराज पाण्डेको संयोजकत्वमा सात सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको…
  • जुवा खेलिरहेका सात जना पक्राउ

    राष्ट्र न्यूज सम्वाददाता माघ २१, २०८०
    पोखरा, २१ माघ । प्रहरीले पोखरामा जुवा खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ । पोखरा म.न.पा. वडा नं.१२ अमरसिंह…
  • कास्कीमा सात पत्रकार सम्मानित

    राष्ट्र न्यूज सम्वाददाता माघ १२, २०८०
    पोखरा, १२ माघ । नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको पत्रकारिता पुरस्कार अर्पण समारोहमा सात पत्रकार सम्मानित हुनुभएको छ ।…
  • सेती नदीमा मिश्रको शव भेटियो

    राष्ट्र न्यूज सम्वाददाता मंसिर २८, २०८०
    पोखरा, २८ मंसिर । मंसिर २५ गतेदेखि हराइरहेका एक युवकको आज शव भेटिएको छ । तनहुँ स्थायी घर भई हाल…

Archives

Archives