चिसापानी आमा समूहको पहिलो वार्षिकोत्सव

राष्ट्र न्यूज सम्वाददाता
भाद्र ५, २०७५
DSC01336

पोखरा, ४ भदौ । पोखरा महानगरपालिका वडा नं १३ स्थित चिसापानी आमा समूहले सोमबार पहिलो वार्षिकोत्सव मनाएको छ ।

त्यसअवसरमा आमा समूहले चिसापानी टोलमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।

कार्यक्रममा जेष्ठ नागरिक गोपना गुरुङ, भावी गुरुङ र क्होलासोथर गाउँपालिका वडा नं ४ की सदस्य गमी गुरुङलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चिसापानी टोल विकास संस्थाका अध्यक्ष बिर्जमान गुरुङले टोलभित्रको सद्भाव र एकता ठूलो शक्ति भएको बताए ।

सल्लाहाकार क्या. चन्द्रप्रकाश गुरुङले टोलको उन्नतीका लागि सवैले चासो लिनुपर्नेमा जोड दिए ।

क्होलासोथर गाउँपालिका वडा नं ४ की सदस्य गमी गुरुङले सक्रियता नै संस्थाको पहिचान हुने बताईन् ।

कार्यक्रममा आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देल र चिसापानी युवा क्लबका सल्लाहाकार श्याम गुरुङले पनि बोलेका थिए ।

चिसापानी आमा समूहकी अध्यक्ष डिलशोभा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष संगिता गुरुङले स्वागत र सचिव बालकाशी गुरुङले संचालन गरेकी थिईन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives