स्वरोजगार निर्माण व्यवसायी समिति महानगरपालिकामा

राष्ट्र न्यूज सम्वाददाता
भाद्र ५, २०७५
soraj-gar-ninman-news-photo-e1534820513343-786×570

पोखरा, ४ भदौ। स्वरोजगार निर्माण व्यवसायी समिति कास्कीले पोखरा महानगरपालिकाले बढाएको शुल्कप्रति ध्यानाकर्षण भएको जनाएको छ।

समितिले सोमबार महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई बढाएको शुल्क घटाउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ। समितिका अध्यक्ष रमेश सिकेले मेयरलाई ध्यानाकर्षण बुझाएका थिए।

ध्यानाकर्षणपत्रमा २०६९ सम्म प्रतिर्फम एक हजारमा दर्ता र नवीकरण गर्दै आएकोमा २०७० सालदेखि १० हजार र तीन हजार तिर्दै आएको उल्लेख गर्दै हाल आएर ११ हजार पाँच र पाँच हजार लिइएको उल्लेख छ।

समितिका सचिव बिजु थापा मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा नगरपालिकाबाट कुनै पनि सेवा सुविधा नपाएको उल्लेख गर्दै मूल्यवृद्वि फिर्ता गर्न माग गरिएको छ।

Related News

सम्बन्धित समाचार

Archives

Archives