क्रिष्टलमा तीज, बालगृहलाई सहयोग

राष्ट्र न्यूज सम्वाददाता
भाद्र १९, २०७५
40684260_695166900842439_9064721128966062080_n

पोखरा, १९ भदौ । पोखरा महानगरपालिका वडा नं ६ लेकसाइड ठाडोपसलस्थित क्रिष्टल ईण्टरनेशनल मण्टेश्वरी किण्डरवल्डमा तीजको शुभकामना आदानप्रदान गरिएको छ ।

मण्टेश्वरीले विद्यालयका अभिभावकसँग कार्यक्रम गरेको हो । त्यसअवसरमा लेकसाईडस्थित बालगृहका बालबालिकालाई दर खुवाउनका लागि मण्टेश्वरीले १६ हजार रुपैया आर्थिक सहयोग गरेको छ ।

मन्टेश्वरीकी म्यानेजिङ डाईरेक्टर रिना पौडेलले बालगृहकी अध्यक्ष बिष्णु केसीलाई सो रकम हस्तान्तरण गरेकी थिईन् ।

त्यसअवसरमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि गरिएको थियो । जसमा घैंटो फुटाई खेलमा मालेपाटनकी सरस्वती शाही, म्यूजिकल चेयरमा मालेपाटन कै बिनिता सिग्देल, क्याटवाकमा राष्ट्र बैंक चोककी शुष्मा श्रेष्ठ र तीज नृत्यमा शान्तिपाटन चोककी आशा शर्मा बिजयी भएका छन् ।

कार्यक्रममा मण्टेश्वरी एशोसियशन कास्कीकी अध्यक्ष श्रीमती अरूणा शेरचनले तीजले महिलाहरूलाई एकजुट गराउन सहयोग गरेको बताईन् ।

मण्टेश्वरीकी डाईरेक्ट रिना पौडेलले अब महिलाको युग शुरु भएको भन्दै महिलाहरुले क्षमता प्रदर्शन गनुपर्नेमा जोड दिईन् ।

कार्यक्रममा महिला उद्यमी गीता तिवारी, पोखरा महानगरपालिका वडा न. १७ की महिला सदस्य राधिका शाही योगी, महिला व्यवसायी पम्फा पहारी र महिला पर्यटन व्यवसायी जमुना पराजुली लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives