वीपी जयन्तिमा नागोया क्षेत्रीय समितिको भेला

राष्ट्र न्यूज सम्वाददाता
भाद्र २५, २०७५
41406769_982003618674984_6979830169674448896_n

पोखरा, २५ भदौ । १०५ औ वीपी जयन्तिको अवसरमा नेपाली काँग्रेस जनसम्पर्क समिति नागोया क्षेत्रीय समितिले भेला गरेको छ ।

भेलामा क्षेत्रीय समितिका सभापति पुरुषोत्तम ढकाल, निवर्तमान सभापति साधाना घिमिरे लगायत शुभेच्छुकहरुको सहभागिता थियो ।

भेलामा समसामयिक राजनीतिक परिस्थितिमा काँग्रेसको स्थान र भूमिका, जनसम्पर्क समितिको प्रभावकारीता लगायतका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि काँग्रेसका महाधिवेशन प्रतिनिधि सुभाष लोहनीले पार्टीलाई शशक्त बनाउनका लागि सवैले भुमिका निर्वाह गर्नु पर्नेमा जोड दिए ।

प्राध्यापक डा. सुदिप अधिकारीले काँग्रेसका गतिविधि नेपालीहरुको जनजीवनलाई सहज र सफल बनाउनका लागि केन्द्रीत हुनु पर्नेमा जोड दिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives